लेकसाइड: कोठा नम्बर १ सय ५ मा गाँजा कारोबार, २५ किलोसहित मोक्तान पक्राउ

पाेखरा | साउन ३, २०८०

लेकसाइड: कोठा नम्बर १ सय ५ मा गाँजा कारोबार, २५ किलोसहित मोक्तान पक्राउ Filed Photo

पाेखरा:  कास्की प्रहरीले पोखराको लेकसाइडबाट एक व्यक्तिलाई २५ किलो २ सय ग्राम गाँजासहित पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा हित सिन्धुली तिनपाटन गाउँपालिका–५ बस्ने २४ वर्षीय विक्रम मोक्तान रहेका छन् ।

 

उनलाई वडा प्रहरी बैदामबाट खटिएको प्रहरी टोलीले हिजो (सोमबार) पक्राउ गरेको हो ।

 

पोखरा महानगरपालिका–६ लेकसाईडस्थित सुबिलम्ब होटलको कोठा नम्बर १०५ मा अवैध गाँजाको कारोबार भएको प्रहरीले सूचना पाएको थियो । 

 

सोही सूचनाको आधारमा प्रहरी टोली परिचालन गरी पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक बेद जोशीले बताए । उनका अनुसार सो कोठामा लुकाई राखेको अवस्थामा २५ किलो २ ग्राम बरामद गरिएको डिएसपी जोशीले जानकारी दिए ।

 

गाँजासहित पक्राउ परेका मोक्तानमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

पोखरा ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ ।     डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...

थप पढ्नुहोस्

पोखरा —  स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ ।   कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...

थप पढ्नुहोस्

पाल्पा ।   बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।    स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

थप पढ्नुहोस्